Nic Ad Nic Ad
Nic Ad Nic Ad
संघीय संसदको अधिवेशन

माघ १८ मा संसद अधिवेशन बोलाउने तयारी

मंगलबार, माघ २, २०८०

काठमाडौँ– सरकारले संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी गरेको छ । 

संघीय संसद सचिवालयले मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सभामुख देवराज घिमिरेबीच भएको संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयमा छलफल भएको बताएको छ ।

छलफलपछि मन्त्री गुरुङ गुरुङले आगामी माघ १८ गते अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराएको जानकारी दिए । छलफलमा सभामुख घिमिरेलाई सरकारले केही विधेयकहरु संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको जानकारीसमेत दिएको  गुरुङले बताए ।

संसद सचिवालयका अनुसार सभामुख घिमिरेले संसदीय क्यालेण्डर बनाएर संसद चलाउने आफूहरुको तयारी रहेको र त्यसमा सहयोग हुने गरी सरकारको भूमिकाको अपेक्षा गरेको बताएका छन् । सातामा ३ दिन प्रतिनिधि सभाको बैठक चलाउने र बाँकी ३ दिन संसदीय समितिको बैठकका लागि समय छुट्याउने गरी तालिका प्रस्ताव गर्ने सभामुख घिमिरेको तयारी रहेको  सचिवालयको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्