नेभिगेशन
समाज विविध

देउवा परिवारले छाडे कुलचन्द्रको घर

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारले कुटनीतिज्ञ कुलचन्द्र गौतमको धुम्बाराहीस्थित भाडाको घर छाडेका छन्। 

बुधबार साढे १० बजे उनीहरूले भाडाको घर छाडेर मर्मत सम्भार सकिएको बुढानिलकण्ठस्थित आफ्नै निवासमा सरेका हुन्। 

देउवा सचिवालयका अनुसार धुम्बाराहीमा १३ महिना भाडामा बसेपछि आफ्नै निवास फर्किइएको छ। देउवा बुढानिलकण्ठ भने ३० महिनापछि गएका हुन्। 

उनी यसअघिका १७ महिना प्रधानमन्त्रीका रुपमा सरकारी निवास बालुवाटारमा बसेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता