Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरी समायोजनको निर्देशनमा रमेश खरेलको सटिक टिप्पणीः गोली हानाहान नहोला भन्न सकिन्न

बुधबार, माघ ३, २०८०

काठमाडौं– पूर्वनायव महानिरिक्षक (डीआईजी) तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता रमेश खरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको प्रहरी समायोजनको निर्देशनबारे सटिक टिप्पणी गरेका छन्। 

samridhi jewllers

प्रधानमन्त्री प्रचण्डलाई हचुवाको भरमा समायोजन गरिँदा प्रदेशबीचको अस्वस्थ्य चलखेलमा गोली हानाहानसम्म पनि नहोला भन्न नसकिने खरेलले तर्क अघि सारेका छन्। 

उनी भन्छन्,‘१५ दिनभित्र प्रहरी समायोजन गरिसक्न त निर्देशन दिनुभयो प्रधानमन्त्री ज्यू, तर हचुवाको भरमा समायोजन गरिँदा यसले पार्ने असर हेक्का राख्नुपर्दैन? यसले संघ र प्रदेशबीचको द्वन्द्व शुरु गराउन खोजिएको प्रस्टै छ।’ 

प्रहरी समायोजन हुने बित्तिकै प्रदेश–प्रदेशका प्रहरीबीच मनमुटाव र वैमनस्यता उत्पन्न हुने उनको तर्क छ। खरेल भन्छन्,‘प्रदेश प्रदेशका प्रहरीबीच मनमुटाव वैमनस्यता त हुने नै छ, त्यस्तै परे गोली हानाहान पनि नहोला भन्न सकिन्न।’

यस्तो समायोजनले अपराधी सीमापार लुक्न नपर्ने जिकिर गरेका खरेल अगाडि जोड्छन्,‘यो समायोजनले एउटा प्रदेशमा अपराध गरेर अर्को प्रदेशमा लुक्न सक्ने भए अपराधी, सीमापारि जानै परेन नि। त्यताचाहिँ ध्यान दिनुपर्दैन? चाहिँदै नचाहिएको प्रदेश संरचनामा किन समायोजन? यस्तो अस्वभाविक र असान्दर्भिक समायोजन किन?’
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्