Nic Ad Nic Ad
Nic Ad Nic Ad
मन्त्रीकाे काम र उपलब्धी

मन्त्री किरातीले सार्वजनिक गरे १०१ काम र उपलब्धी [पूर्णपाठसहित]

बुधबार, माघ ३, २०८०

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो एक वर्षे कार्यकालमा गरेको एक सय एक काम र उपलब्धी सार्वजनिक गरेका छन् । 

बुधबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी मन्त्री किरातीले एक वर्षे अवधिमा गरेका एक सय एक काम र उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले आफूहरुले मध्यमस्तरको काममा हात हालेपनि त्यसको परिणाम आउन बाँकी नै रहेको बताए । उनले तीन वटा जहाज खरिद प्रक्रिया अगाडि बढेर अन्तिम चरणमा पुगेको बताए । उक्त विमान आइसकेपछि घाम तापेर बसेका २३ वटा विमानस्थलमा पूर्ण क्षमतामा हवाइ सेवा सञ्चालन गरिने समेत उनको भनाई छ ।

Sudan-Kirati_report-card-1705499394.jpg

एक वर्षे कार्यकालमा गरेका कामहरुको फेहरिस्तमा पर्यटन ऐन, २०३५, प्रतिलिपि अधिकार संरक्षण ऐन, २०५९, बृहत्तर जनकपुर क्षेत्रविकास परिषद् ऐन, २०५५, प्रचीन स्मारक संरक्षण ऐन, २०१३ लाई समय सापेक्ष संशोधन गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको निष्कर्ष छ ।

मन्त्री किराती एक वर्षे अवधिमा गरेका एक सय एक काम र उपलब्धीहरु यस्तो छ–

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्