Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

बिहीबार, माघ ४, २०८०

काठमाडौं -  तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमडीएमएस, टेरामक्स र एनसेलको सेयर खरिद–बिक्रीका विषयमा छलफल गर्ने भएको छ ।

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आज दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्षमा आज छलफल बस्नेछ ।

आजै बिहान साढे १० बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दै छ । उक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सन्चालित हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजनाका विषयमा छलफल हुनेछ ।

उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोसी) लोकमार्ग आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजनाका विषय पनि बैठकको कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची विधायन सम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल गर्ने रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार