Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री कप क्रिकेट : काेशी प्रदेशमाथि आर्मीको सहज जित

बिहीबार, माघ ४, २०८०

काठमाडौं- प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ९ विकेटको सहज जित हात पारेको छ ।

बिहीबार कोशीले दिएको ८९ रनको सामान्य लक्ष्य आर्मीले ९ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीका लागि सन्तोश कार्की र इम्रान शेखले समान ३२ रन बनाए । यस्तै कुशल मल्लले २२ रन जोडे।

बलिङतर्फ कोशी प्रदेशका सुजन थपलियाले १ विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कोशी २४ ओभर ४ बलमा ८८ रनमा अल आउट भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्