Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमडीएमएस निर्णयको प्रक्रियामा : सञ्चारमन्त्री शर्मा

बिहीबार, माघ ४, २०८०

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको बताएकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले अदालतले पनि गोपनीयताको कानुन र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेको जनाइन् ।

मन्त्री शर्माले टेरामक्स प्रविधि जडानका लागि खरिद प्रक्रियामा प्रश्न उठेर संवैधानिक निकायबाटसमेत छानबिन भइरहेकाले कार्यन्वयन रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताइन् ।

उनले एमडीएमएस प्रणालीको खरिददेखि सामग्रीबारे छानबिन समिति बनाइएको र निष्कर्ष निकालेको बताएकी छन् । अहिले पनि एमडीएमएस निर्णयको प्रक्रियामा रहेको उनले उल्लेख गरिन् । यसको सफ्टवेयर र हार्डवेयर पनि हेरफेर भइरहेको उनको भनाइ छ ।

एनसेलको ८० प्रतिशत शेयर खरिद(बिक्रीबारे छानबिनका निम्ति समिति बनाइएको र त्यसले काम गरिरहेको उनले जानकारी दिइन् । मन्त्री शर्माले आफू आएपछि मन्त्रालयभित्रका बेथिति हटाउन पहल गरेको र प्राधिकरणका अनियमतताको छानबिन थालिएकोले अध्यक्षले राजीनामा दिएको बताइन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्