Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने तयारी

बिहीबार, माघ ४, २०८०

काठमाडौं- एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको तयारी गरिएको छ । टंकमणि शर्मा नेतृत्वको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

बिहीबार प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिले माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने जानकारी गराएकी हुन् । बैठकमा मन्त्री शर्माले भनिन्, ‘एनसेल शेयर खरिद बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गतेसम्ममा बुझाउने गरी काम भइरहेको छ ।’

गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन् । यो समितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएको थियो । त्यसमा पछि १५ दिनको सयय थपिएको थियो ।

आजियाटाले रेजोल्ड्स होल्डिङ्समा रहेको आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । शेयर खरिद गरेको भन्दा कम मूल्यमा बिक्री गरेको भन्दै यसबारे विवाद सिर्जना भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्