Nic Ad Nic Ad
Nic Ad Nic Ad
पूर्वअरनिको यातायात

पूर्व अरनिको यातायात व्यावसायी र महानगर प्रहरीबीच झन्डै हात हालाहाल

बिहीबार, माघ ४, २०८०

काठमाडौं– पुरानो बसपार्कमा पार्किङ गरेर राखिएका पूर्वअरनिको यातायातका सवारी साधन काठमाडौं महानगरपालिकाका प्रहरीले हटाउने प्रयास गरेपछि हात हालाहालको अवस्था बनेको छ।

बिहीबार महानगरपालिकाका नगर प्रहरीहरुले पूर्वअरनिको यातायातका बसहरु हटाउने प्रयास गरेपछि व्यावसायीले प्रतिरोध गरेका थिए। नगर प्रहरीहरुले उक्त बसहरु हटाउने क्रममा पूर्वअरनिको यातायातका संंचालक अध्यक्ष केदार क्षेत्रीसँग भनाभन भएको थियो । क्षेत्रीका अनुसार कुनै सूचना बिना बल प्रयोग गरेर बस हटाउने कार्य भएको थियो । उनी सो क्रममा आक्रोशित पनि भए। यता नगर प्रहरीका अनुसार सार्वजनिक बाटोमा यसरी बस रोकेर राख्दा कुनै विपत्ति आगलागी, लगायत केही घटना हुदाँ सवारी आवतजावत गर्न समस्या हुने देखेपछि हटाउन खोजिएको हो।

पुरानो बसपार्कबाट सिन्धुपाल्चोक जाने यात्रुहरु अहिलेकै स्थानबाट बस चढ्दै आएका छन् । राजधानी सबैको साझा भएकाले महानगरले सबैलाई समान व्यवाहार गर्नुपर्ने यात्रु नै बताउँछन् । काठमाडौँको कोटेश्वर जडिवुटीबाट पूर्वअरनिको यातायात प्रालिले बस संचालन गर्दै आईरहेको छ ।

हालसम्म उक्त यातायातले कोसी, मधेस र बागमती प्रदेशमा सेवा विस्तार गरिरहेको छ। तर सिन्धुपाल्चोक र काभ्रे जाने यात्रुहरु भने रत्नपार्कबाटै गाडी चढ्दै सेवा लिदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्