आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० १७:३४
प्रतिक्रिया दिनुहोस्