सञ्चारमन्त्रीको एक वर्ष : भनिन्– सूचना प्रविधिमा गुणस्तर बढ्यो [पूर्णपाठसहित]
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रणले सञ्चार र सूचना प्रविधि क्षेत्रका पछिल्लो समय प्रभावकारी काम भएको बताएकी छन् ।
मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले कानुनी, नीतिगत र संरचनात्मक सुधारमार्फत सो क्षेत्रको पुनर्संरचनाको काम थालिएको समेत बताइन् । एक वर्षको बीचमा केही नीति र नियमावली पारित भएर कार्यान्वयनमा आएको र अन्य आवश्यक कानुन, नीति र नियमावलीहरू नयाँ बन्ने र संशोधन हुने प्रक्रियामा अघि बढेको उनले बताइन् ।
उनले कानुनी र नीतिगत सुधारमार्फत नेपालको सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई पुनःसंरचना गर्न सकिने विश्वास व्यक्त गरिन् । सरकारी विज्ञापनको कारोवारमा चुहावट बढेको, विज्ञापनका लागि छुट्याइएको रकमको थोरै प्रतिशत मात्र सञ्चारमाध्यममा जाने गरेको, विज्ञापन बजारमा अपारदर्शिता बढ्दै गएको गुनासो सम्बोधन गर्न विज्ञापन (नियमन गर्ने) नियमावली, २०८० संशोधन गरी कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिइन् । मन्त्रालय र मातहतका निकायमा वर्षौंदेखि अल्झिएका समस्याहरुमा परेका उजुरीहरुका बारेका छानबिन अघि बढाइएको उनले बताइन् ।
उनले दूरसञ्चार पूर्वाधारमा भैरहेको दोहोरो लगानी न्यूनीकरण गर्न सेवाको माग, आवश्यकता, उपलब्धता तथा संभाव्यताका आधारमा पूर्वाधारहरुको सहप्रयोग गर्ने नीति लिइने बताइन् । नेपाल दूरसञ्चार प्राधिकरण र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकबीच सूचना प्रविधि एक्सिलेन्स सेन्टर स्थापना गर्ने सहमति भई कार्य अगाडि बढेको उनले जानकारी दिइन् ।
सञ्चारमन्त्री शर्माकाे एक वर्षे अवधिमा गरेका काम र उपलब्धीहरु यस्तो छ–