Nic Ad Nic Ad
Nic Ad Nic Ad

बोक्सी भन्दै हत्या गरेर फरार भएका २ जना १५ वर्षपछि पक्राउ

शुक्रबार, माघ ५, २०८०
samridhi jewllers

काठमाडौं- बोक्सी आरोपमा हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरुले हत्या गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्