Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री कप क्रिकेट : आज कर्णाली र मधेशबीच प्रतिस्पर्धा

शनिबार, माघ ६, २०८०

काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज कर्णाली प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुनेछ।

जारी प्रतियोगितामा कर्णाली आफ्ना ३ मध्ये दुई खेल जित्दै चार अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ भने ४ खेलमा २ खेल जितेर ४ अंक जोडेको मधेस सातौँ स्थानमा छ।

यी दुवै टोली आज तेस्रो जितको खोजीमा मैदान उत्रिन लागेका हुन्। ७ प्रदेश र तीन विभागीयसहित १० टोली सहभागी प्रतियोगितामा आफ्ना तीन खेलमा शतप्रतिशत जित निकालेको सुदूरपश्चिम प्रदेश शीर्ष स्थानमा छ। कोशी प्रदेश लगातार पाँच खेलमा पराजित हुँदा गण्डकीले पनि आफ्ना तीनवटै खेलमा हार व्यहोरेको छ।

 

 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्