Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मीको पालुखास्थित जंगलमा मृत चितुवा भेटियो

शनिबार, माघ ६, २०८०

गुल्मी- गुल्मीको पालुखास्थित जंगलमा चितुवा मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको इस्मा गाउँपालिका –२ पालुखास्थित जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।

वडाअध्यक्ष लोकनाथ आचार्यका अनुसार मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको बताए ।

दुईवटा चितुवा एक आपसमा लडने क्रममा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय गुल्मका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए । चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्