Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री कपमा मधेससँग ६१ रनले कर्णाली पराजित

शनिबार, माघ ६, २०८०

काठमाडौं- मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

 २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१.१ ओभरमा टोली १ सय ७० रनमा समेटिएको हो ।कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।

यसअघि कप्तान हरिशंकर साह र अनिल साहको अर्धशतकको मद्दतले मधेसले निर्धातिर ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । दुवैले समान ५०–५० रन बनाए ।

त्यस्तै अविशेक तिवारीले ३४ रन बनाएका थिए । कर्णालीका लागि दीपेन्द्र रावतले ४ विकट लिए भने अनुज चनाराले २ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्