Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजविराजमा भोलि सार्वजनिक बिदा

आइतबार, माघ ७, २०८०

सप्तरी- भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । सोमबार हुने राम मन्दिरको प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले सार्बजनिक बिदाको घोषणा गरेको हो ।

कार्यबाहक नगर प्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको जारी सूचनामा उल्लेख गरिएको छ । सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा बिक्री वितरण बन्द हुने सूचनामा भनिएको छ ।

भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्