यू-१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं- दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
इस्ट लन्डनको बफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिलो फिल्डिङ गर्ने भएको हो। खेल केहिबेरमा सुरु हुँदैछ ।
नेपालले यसअघि न्युजिल्यान्डलाई दुईपटक हराइसकेको छ।
सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १३:५७
प्रतिक्रिया दिनुहोस्