Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री कप क्रिकेटमा भीम सार्कीको अर्धशतक

आइतबार, माघ ७, २०८०

काठमाडौं- प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मीका खेलाडी भीम सार्कीले अर्धशतक प्रहार गरेका छन् ।

पुलिसले दिएको १४१ रनको मध्ययम लक्ष्य पछ्याएको आर्मीका लागि सार्कीले ७२ बलमा ६ चौकोको मद्दतमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । १४१ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ताजा अवस्थामा २५ ओभरमा ४ विकेट गुमाएर १०८ रन जोडेको छ । उनलाई कप्तान विनोद भण्डारीले १२ रन जोडेर साथ दिईरहेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्