Nic Ad Nic Ad
Nic Ad Nic Ad

यू-१९ विश्वकप क्रिकेट: न्युजिल्याण्डका २ खेलाडीको अर्धशतक, खेलमा फर्किन संघर्ष गर्दै नेपाल

आइतबार, माघ ७, २०८०

काठमाडौं- दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको न्युजिल्याण्डले राम्रो प्रदर्शन गरिरहेको छ ।

टस जिेतर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ३५ ओभरमा मात्र ३ विकेट गुमाएर १६७ रन जोडिसकेको छ । न्युजिल्याण्डका लागि कप्तान ओस्कार ज्याक्सन र स्नेथी रेडीले अर्धशतक बनाएका छन् । ५७ बलको सामना गरेका कप्तान ज्याक्सन ४ छक्का र १ चौकासहित ५० रनमा खेलिरहँदा सेठीले ७९ बलमा ५चौकासहित ६० रन बनाएर खेलिरहेका छन् यी दुईबीच चौथो विकेटका लागि शतकीय साझेदारी भईसकेको छ ।

टस हारेर सुरुआतमा फिल्डिङ गर्दै पावर प्ले सम्म विकेटविहीन रहेको नेपालले ११ औं ओभरमा पहिलो सफलता पाएको थियो । नेपालका सुवास भण्डारीले न्युजिल्यान्डका ल्युक वाट्सनलाई बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । वाट्सन २५ बलमा १४ रन बनाएर आउट भएका थिए ।

नेपालले दोस्रो सफलता १४ औं ओभरमा पायो । नेपालका स्पीनर तिलक भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई बोल्ड गरेका छन् । उनी ४५ बलमा ३३ रन बनाएर आउट भए । न्युजिल्यान्डका दुवै ओपनर आउट भएका छन् । १५ औँ ओभरमा नेपालका स्पीनर दीपेश कँडेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । उनले ओलिभर टेवतियालाई शून्य रनमा विकेटकिपरबाट क्याच आउट गराएका हुन् ।

समूह डी मा रहेको नेपालले जारी प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ । यू १९ विश्वकपमा हालसम्म नेपाल र न्युजिल्यान्डबीच दुई खेल भएका छन् । जसमा नेपाल विजयी हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्