Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

सोमबार, माघ ८, २०८०

काठमाडौँ - उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।

न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्