आकाशे पुलमा व्यानर राखेर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौँ महानगरले गर्यो ५० हजार जरिवाना
काठमाडौँ - आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ ।
महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा जरिवाना गरी आकाशे पुलहरुमा सो कम्पनीले लगाएको व्यानरसमेत जफत गरेको हो ।
नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले सो कम्पनीबाट जरिवानावापत् ५० हजार रुपैयाँ असुल गरेका छन् ।
‘विभिन्न आकाशे पुलहरुमा व्यानर लगाइ पूरानो हुँदा सम्म पनि नहटाएको र त्यसबाट दृश्य प्रदुषण गरी फोहोरमैला गरेवापत् ५० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ जरिवाना रसिदमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० १०:५१
प्रतिक्रिया दिनुहोस्