Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीविरुद्ध शानदार जित निकाल्दै बागमती प्रधानमन्त्री कपको शीर्ष स्थानमा उक्लियो

सोमबार, माघ ८, २०८०

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णालीलाई रहाउँदै बागमती प्रदेश शीर्ष स्थानमा उक्लिएको छ । बागमतीले कर्णालीलाई ७ विकेटको फराकिलो अन्तरले हराउादै शीर्ष स्थान ओगटेको हो ।

कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि इशान पाण्डेले ४० र रविन जोशीले १६ रन थपे ।

यसअघि मूलपानी मैदानमा पहिला ब्याटिङ गरेको कर्णाली २४ ओभरमा ७८ रनमा अलआउट भएको थियो । ६ खेल खेलेको बागमती ८ अंकसहित शीर्ष स्थानमा रहँदा ६ अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्