जीवन आचार्यद्वारा सांसद तलब सुविधाबाट निर्वाचन क्षेत्रका २५५ जनालाई कम्बल वितरण
मोरङ– कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद जीवन आचार्य निर्वाचन क्षेत्रमा निरन्तर सक्रिय रहेका छन्। एउटा नेतामा हुनुपर्ने योगदान गर्नका निम्ति उनले कुनै कसर बाँकी नराख्ने यात्रालाई निरन्तरता दिएका हुन्।
शितलहरदेखि जाडोमा कठ्यांग्रिनुपर्ने बाध्यतालाई सानो सहयोगले पनि राहत हुने ठानेका उनले निर्वाचन क्षेत्र मोरङ–६(क)को ५ र बुढीगंगा–७ का २५५ जनालाई कम्बल वितरण गरेका छन्। बुढीगंगा–५ मा १३० जना र ७ नम्बरमा १२५ जनालाई कम्बल बितरण गरिएको थियो।
उनले माघ ३, ४ र ६ गते क्रमशः बुढीगंगा–७, ६ र ५ नम्बर वडामा जाडोमा दुख पाएका जनतालाई कम्बल वितरण गरेका थिए।
निर्वाचन क्षेत्रमा विकासका परियोजना, विद्युतीय समस्या समाधान, जनताका गुनासाको सम्बोधन गर्दै आएका उनले सांसदको तलब भत्तालगायतका सुविधाको रकम निर्वाचन क्षेत्रमा खर्च गरेका हुन्।
केही समय कोशी प्रदेशको मन्त्री हुँदा पनि विकासका योजनालगायत जनताका गुनासालाई निरन्तर सम्बोधन गर्दै आइरहेका थिए।