Nic Ad Nic Ad
Nic Ad Nic Ad

सल्बलाउन थाले इन्काउन्टरमा मारिएका गुन्डा नाइकेका भाईहरू, फेरि ठमेलमा एक जना पिटिए

मंगलबार, माघ ९, २०८०

काठमाडौं– इन्काउन्टरमा मारिएका कुमार घैंटे भनिने गुन्डा नाइके कुमार श्रेष्ठका सहयोगीका रुपमा काम गरेकाहरू फेरि गुन्डागर्दीमा नै सक्रिय भएका छन्। नुवाकोट ककनी–५ का सानुभाई भनिने युवराज गुरुङको समूह सक्रिय भएको विवरण आएका छन्।

उनले समूह बनाएर व्यक्तिमाथि हातपात गर्ने कामलाई तिव्रता दिएका छन्। ठमेलको छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा एक जनालाई नराम्रोसँग पिटेको विषय प्रहरी कार्यालयसम्म पुगेको छ। प्रहरीमा परेको उजुरीका आधारमा गुन्डा नाइकेका भाईहरू सल्बलाएको पुष्टि हुन्छ। 

सानुभाइ, शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको विवरणसहितको उजुरी प्रहरी वृत्त दरबारमार्गमा परेको छ। 

गुरुङ तिनै हुन् जसले ७ महिनाअघि पनि ठमेलमा एक जना क्लव सञ्चालकमाथि मुक्का हानेको भिडिओ सार्वजनिक भएको थियो। 

गुरुङ समूहले २२ असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि क्लबमै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको थियो। 

त्यतिबेला प्रहरीले नुवाकोट ५ ककनीका निरज गुरुङ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का कमल तामाङ, काठमाडौं टोखा नगरपालिका–१० का विक्रम अधिकारी, तनहुँ  व्यास नगरपालिका– २ का ३२ वर्षीय सुवास कायस्थ, त्यहीका ३२ वर्षीय सुरज कायस्थ र शेरलाल पौडेल, रघु तामाङ तथा विनोद तामाङलाई पक्राउ गरेको थियो।

प्रहरीले एक पटक सुस्त पारेको गुन्डागर्दीलाई तिव्रता दिनका लागि सानुभाईले समूह नै खडा गर्न थालेका हुन्। विभिन्न आपराधिक गतिविधिमा यसअघि नै पटक–पटक प्रहरीमा पर्दै छुट्दै आएका सानुभाईलगायतको समूह फरार रहेको स्रोतले जानकारी दियो। 
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्