माघ २२ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस
काठमाडौं- सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० १६:५७
प्रतिक्रिया दिनुहोस्