नेभिगेशन
समाज विविध

भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई विमानस्थलबाट फर्काइयाे

काठमाडौं- भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता गरिएको हो ।

भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयले जनाएको छ । उनीहरू कतार, दुबई र बहराइन जान लागेका थिए ।

भिजिट भिसाको बहानामा विभिन्न देशमा पुगेर अवैध रुपमा काम गर्ने घटना बढेपछि अध्यागमन विभागले कडाइ गरिरहेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता