नेभिगेशन
समाज विविध

मौसम : पहाडमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु

काठमाडौं- आज पहाडी इलाकामा आंशिक बदली रही तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लाग्‍ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका थोरै तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशीका उच्च पहाडी र हिमाली भेगका थोरै तथा वागमती र गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध