नेभिगेशन
अर्थ विविध

सुनको भाउ चार दिनयता स्थिर, चाँदीकाे बढ्याे

काठमाडौं- नेपाली बजारमा बुधबार पनि सुनको भाउ स्थिर रहेको छ ।

आइतबार, सोमबार, मंगलबार र बुधबार उही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सो अनुसार छापावाल सुन आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो।

यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्