पाकिस्तानविरुद्ध टस जितेको नेपालले सुरुआतमा ब्याटिङ गर्ने
काठमाडौं - यू-१९ विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेको नेपालले सुरुआतमा ब्याटिङ गर्ने निर्णय लिएको हो ।
समूह ‘डी’ मा रहेका नेपाल र पाकिस्तानको खेल नेपाली समयानुसार इस्ट लन्डनको बफेलो पार्कमा दिउँसो १:४५ बजे शुरू हुनेछ ।
यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानमाथि सानदार जीत हात पारेको थियो । नेपाललाई हराएर सुपर सिक्स यात्रा निश्चित गर्ने योजनामा पाकिस्तान हुनेछ ।
नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले आज हारे पनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।
नेपालको प्लेइङ ११
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तमरंगु थापा मगर, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।