पाकिस्तानविरुद्ध नेपालले गुमायो दोस्रो विकेट
काठमाडौं - आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको हो।
साताैं ओभरको खेल जारी रहँदा आकाश त्रिपाठी आउट भएका हुन् । आकाश ६ रन बनाउँदा क्याच आउट भए।
त्यसअघि पहिलो विकेटका रुपमा ओपनर अर्जुन कुमाल ६ रन बनाएर आउट भएका थिए।
यो समाचार तयार पार्दासम्म नेपालले २ विकेटको क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १५:२२
प्रतिक्रिया दिनुहोस्