Nic Ad Nic Ad
Nic Ad Nic Ad
आहा रारा गोल्डकप

आहा रारा गोल्डकप : राइजिङ स्टारलाई हराउँदै आर्मी क्वाटरफाइनलमा

बुधबार, माघ १०, २०८०

पोखरा – विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा स्थान बनाएको हो । 

आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे । भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । 

यसअघि थ्री स्टार क्लब आयोजक सहारा क्लबलाई हराउँदै क्वाटर फाइनलमा पुगिसकेको छ । बिहीबार मछिन्द्र र जावलाखेलबीच खेल हुनेछ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्