Nic Ad Nic Ad
Nic Ad Nic Ad
आईसीसी यू–१० विश्वकप क्रिकेट

यू–१९ विश्वकप : पाकिस्तानसामु नेपालको १९८ रनको मध्यम लक्ष्य

बुधबार, माघ १०, २०८०

काठमाडौँ– आईसीसी यू–१० विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन जोड्यो । नेपालका लागि दिपक डुम्रेले २६ रन जोडे । ५७ बलको सामना गरेका डुम्रेले १ छक्का हिर्काए । 

यसअघि गुल्सन झा १० रनमा क्याच आउट हुन पुगे । ओपनर विपिन रावल ३९ रनमा बोल्ड आउट भए। ६८ बलमा ४ चौका र १ छक्का मद्धतमा ३९ रन बनाउँदा विपिन अहमद हुसैनको बलमा बोल्ड आउट भए ।

कप्तान देव खनाल २३ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका देव लामो सट खेल्ने धुनमा हुँदा अलि अस्फाँदको बलमा क्याच आउट भए । ओपनर अर्जुन कुमाल ६ रन बनाएर पवेलियन फर्के। पाचौं ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा आउट भए ।

सातौं ओभरको पाँचौ बलमा आकाश त्रिपाठी ६ रनमा नै क्याच आउट भए । १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैन कै बलमा क्याच आउट हुन पुगे ।

उत्तम मगर ४ रन बनाउँदा अरफत मिनहासको बलमा अलि अस्फन्दको हातबाट क्याच आउट भए। सुवाश भण्डारीले २० रन थप्दा आकाश चन्दले नटआउट रहँदै १६ रन जोडे ।बलिङतर्फ पाकिस्तानका आराफ्त मिनासले तीन तथा उदैव साह र अहमद हुसेनले समान २ विकेट लिए ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो ।

समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।

नेपाली यु–१९ टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, र सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्