राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णकुमारी विजयी
रुपन्देही- लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।
सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १६:५४
प्रतिक्रिया दिनुहोस्