Nic Ad Nic Ad
Nic Ad Nic Ad
आहारारा गोल्डकप

आहारारा गोल्डकप : मछिन्द्रलाई हराउँदै जावलाखेल क्वाटरफाइनलमा

बिहीबार, माघ ११, २०८०

पोखरा– मछिन्द्र क्लवलाई पराजित गर्दै जावलाखेल युथ क्लव आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालमा बिहीबार भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

JYC-1706185041.JPG

जावलाखेललाई जित दिलाउन हिसुब थपलियाले एकमात्र निर्णायक गोल गरेका थिए । हिसुबले खेलको ३८ औं मिनेटमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ अगाडी बढेको अवस्थामा उनलाई विट गर्दै खाली पोस्टमा गोल गरेका हुन् ।

प्रिक्वार्टरफाइनल अन्तर्गत शुक्रबार विभागीय टिम एपीएफ र चर्चब्वाइजबीच प्रतिस्पर्धा हुने छ ।  माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार रुपैया प्राप्त गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्