अफगानिस्तानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं- नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।
बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिदै नेपाललाई फिल्डिङ को निम्तो दिएका हुन् ।
नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । समूह डीमा रहेका दुवै टीम जितविहीन छन्। आजको खेलको विजेता टोली सुपर सिक्समा पुग्नेछ ।
यस्तै पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० १४:०८
प्रतिक्रिया दिनुहोस्