८ ओभरभित्रै अफगानिस्तानका ४ खेलाडी आउट, आकाशले लिए ३ विकेट
काठमाडौं- अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले चौथो सफलता पाएको छ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले चार विकेट लिइसकेको छ। नेपालले अफगानिस्तानका शीर्ष चार ब्याटरलाई ८ ओभरभित्रै आउट गरेको हो ।
नेपालका बलर आकाश चन्द र गुलशन झाले अफगानिस्तानको पहिलो र दोस्रो विकेट लिए।
त्यसपछि छैटौँ ओभरको पाँचौ बलमा आकाश चन्दले नै अर्का ओपनर जम्सुद जड्रानलाई ३ रनमा बोल्ड आउट गरे। आठौं ओभरमा चन्दकै बलिङमा अफगानिस्तानका अर्का ब्याटर आउट भए ।
लगातार विकेट पतनसँगै अफगानिस्तान दबाबमा आएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० १४:५६
प्रतिक्रिया दिनुहोस्