Nic Ad Nic Ad
Nic Ad Nic Ad
आहारारा गोल्डकप

आहारारा गोल्डकप : भुटानको पारोलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

शनिबार, माघ १३, २०८०

पोखरा– थ्रीस्टार क्लव आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भुटानको पारो फुटवल क्लवलाई अतिरिक्त समयमा दुई गोलले पराजित गरेपछि थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थ्रीस्टारका अनिष चापागाईंले अतिरिक्त समयको २६ र २९औँ मिनेटमा गोल गरेका थिए । 

Three-star-club-nepal-1706359360.jpg

प्रतियोगिता अन्तर्गत आइतबार साविक विजेता संकटा एफसी र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने दोश्रा क्वाटरफाइनल हुनेछ । प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्