Nic Ad Nic Ad
Nic Ad Nic Ad
आहारारा पोखरा गोल्डकप

आहारारा गोल्डकप : संकटालाई हराउँदै आर्मी सेमिफाइनलमा

आइतबार, माघ १४, २०८०

पोखरा– त्रिभुवन आर्मी क्लव पोखरामा जारी आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा संकटा क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे । अब फाइनल प्रवेशका लागि आर्मीले नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ । 

प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मस्याङ्दी र जाउलाखेलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्