नेभिगेशन
समाचार
 ‘प्रचण्ड’लाई सर्वोच्चकाे सफाइ

सर्वोच्च अदालतद्वारा प्रचण्डलाई सफाइ [फैसलासहित]

काठमाडौँ– सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सफाइ दिएको छ । 

अदालतको फैसलालाई लिएर व्यक्त गरिएका आलोचना वा समालोचनात्मक टिप्पणी र अभिव्यक्तिकै आधारमा अवहेलना ठहर्न नसक्ने भन्दै सर्वोच्चले  प्रचण्डलाई सफाइ दिएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिट निवेदन खारेज गर्दै सर्वोच्चले भनेको छ, ‘अदालतको फैसलालाई लिएर व्यक्त गरिएका आलोचना वा समालोचनात्मक टिप्पणी र अभिव्यक्तिकै आधारमा अवहेलना ठहर्न सक्दैन ।’  

‘धम्कीको भाषा, त्रासमा पार्न खोज्ने चेष्टा अदालतको आदेश नमान्ने सार्वजनिक चुनौती, जनमानसमा भ्रम पैदा हुने खालका उत्तेजनापूर्ण अभिव्यक्ति दिने वा प्रकाशन गर्ने कार्यबाट कोही कसैको पनि वैधानिक हितको संरक्षण हुन सक्तैन’, फैसलामा भनिएको छ ।

यस्तो छ फैसलाको पूर्णपाठ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार