Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीलाई ६ विकेटले हराउँदै पुलिस प्रधानमन्त्री कपकाे फाइनलमा

सोमबार, माघ १५, २०८०

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

स्थान बनाएको छ । लगातार सातौं जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

गण्डकीबाट १७१ रनको मध्यम लक्ष्य पछ्याएको पुलिसले २४।२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। लगातार सातौं जितसँगै पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

पुलिसका लागि दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।

यस्तै अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्कासहित ४४ रनमा नट आउट रहे । आरिफ शेख २२ बलमा ५ चौकासहित २७ रनमा नट आउट रहे ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८।३ ओभरमा १७० रनमा अल आउट भएको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्