Nic Ad Nic Ad
Nic Ad Nic Ad
एनसेल शेयर खरिद–विक्री प्रकरण

एनसेल प्रकरण : प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस

सोमबार, माघ १५, २०८०

काठमाडौँ– एनसेल शेयर खरिद–विक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन बुझाएको छ । 

पूर्व लेखापरीक्षक टंकमणि शर्माको संयोजकमा बनेको समितिले २ महिना लामो अध्ययन र छानविनपछि प्रधानमन्त्री प्रचण्डलाई आज प्रतिवेदन बुझाएको हो ।

उक्त समितिको सदस्यमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले छन् ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिई र प्रक्रिया समेत पुरा नगरी ८० प्रतिशत शेयर खरिद–विक्री गरेको र उक्त खरिद–विक्री अस्वभविक भएको भन्दै सरकारले छानविन समिति बनाएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार