लगातारको हारपछि अन्तिम खेलमा कोशी विजयी
काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।
लगातार हार व्यहोरेको कोशीले आफ्नो अन्तिम खेलमा लुम्बिनीलाई १६ रनले पराजित गरेको हो ।
टियु क्रिकेट मैदान किर्तिपुरमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको लुम्विनी ४६.५ ओभर खेल्दा १५६ रनमा समेटियो । लुम्बिनीका लागि दिलसाद अलीले ६४ बलमा सर्वाधिक ३२ रन बनाए । कोशीकासौजन घिमिरेले सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा १७२ रनमा अलआउट भएको थियोे । कोशीका लागि अंकित सुबेदीले सर्वाधिक ४९ रन बनाए । लुम्विनीका नर शार्की ४ विकेट लिए । वीर मगरले तीन विकेट लिए भने अभिषेक गौतमले दुई विकेट लिए ।
यस्तै कृष्ण कार्कीले एक विकेट लिए ।
त्यस्तै, मंगलबार मुलपानी मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई तीन विकेटले पराजित गर्यो ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अलआउट भयो । जितसँगै एपीएफले १० अंक जोडेको छ भने सुदूरपश्चिमको ८ अंक रहेको छ ।