इमेज सहकारीकी कोषाध्यक्ष सुनार कारागार चलान
बागलुङ- सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत बागलुङको सोमबारको आदेशले सुनार जेल चलान भएकी हुन् ।
उनीविरुद्ध जिल्ला अदालत बागलुङबाट गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता फरार सुनारलाई माघ ११ गते नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।
१ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए । तीमध्ये हालसम्म ६ जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० १३:११
प्रतिक्रिया दिनुहोस्