Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट गुमायो

बुधबार, माघ १७, २०८०

काठमाडौं- नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपालका बायाँ हाते ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका छन् । विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट क्याच आउट भएका हुन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै २० रन बनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्