बंगलादेशविरुद्ध नेपालले चौथो विकेट गुमायो, कप्तान देव आउट
काठमाडौं- आईसीसी यू–१९ विश्वकपमा बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको नेपाली टिमका कप्तान देव खनाल चौथो विकेटको रूपमा आउट भएका छन् ।
दक्षिण अफ्रिकाको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट कप्तान देवले ३५ रन बनाए । देव आउट भएसँगै नेपालले चौथो विकेटका बनाएको ६२ रनको साझेदारी तोडिएको छ ।
ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले २९ ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएर ९६ रन बनाएर खेलिरहेको छ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० १६:३७
प्रतिक्रिया दिनुहोस्