नेपालले गुमायो सातौँ विकेट, दीपेश आउट
काठमाडौं- आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले दीपेश कँडेललाई सातौँ विकेटको रूपमा गुमाएको छ ।
बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले दीपेशलाई ४०।३ ओभरमा व्यक्तिगत तीन रनमा गुमाएको हो ।
खेलको ४१ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर १३३ रन बनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० १६:५७
प्रतिक्रिया दिनुहोस्