Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढ्यो, अब लिटरको कति ?

बुधबार, माघ १७, २०८०
samridhi jewllers

काठमाडौ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मतितेलको खुद्रा मुल्यमा प्रतिलिटर दुई देखि चार रुपैयाँसम्म बृद्धि गरेको छ ।

आयल निगमले एक विज्ञप्ती जारीगरी पेट्रोल र डिजेलमा समान चार र मतितेलमा दुई रुपैयाँले बृद्धि भएको जनाएको छ । यस्तै एलपि ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँका दरले बढाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि बढाउन परेको निगमले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २३:२५
प्रतिक्रिया दिनुहोस्