जापान एशियन कपको क्वाटरफाइनलमा
काठमाडौ - जापान एशियन कपको क्वाटरफाइनलमा
जापान एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।
बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै बहराइनका लागि जिओन सुजुकीले एक गोल आत्मघाती गोल गरेका थिए ।
यो जितसँगै जापान क्वाटरफाइनलमा पुगेको छ र अब इरान र सिरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै यो हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० ०७:५९
प्रतिक्रिया दिनुहोस्