Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुलिस क्लबले सुदूरपश्चिमलाई दियो १९८ रनको लक्ष्य

बिहीबार, माघ १८, २०८०

काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले १९८ रनमा अलआउट गरेको छ ।

मूलपानीमा पहिला ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा अलआउट भएको हो । पुलिसका लागि शंकर रानाले ४६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए ।

सुदूरपश्चिमका शेर मल्लले ३ तथा नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान २ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्