नेभिगेशन
सुरक्षा–अपराध
जग्गा घोटाला प्रकरण

चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ- बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो । 

सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

कारखानाको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो । चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा थापालाई बत्तीसपुतलीस्थित निवासबाटै पक्राउ गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ